चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुरमा ‘कलम छाप’ का मेयर पदका उम्मेदवार बाबुराम दाहालले चन्द्रनिगाहपुरमा सुविधा सम्पन्न सभाहल निर्माण गर्ने बताएका छन् ।बैशाख ३० गते हुने निर्वाचनको शिलशिलामा आम सर्वसाधारणको घरदैलोमा पुग्ने क्रममा उनले सोमबार यस्तो प्रतिबद्धता जनाएका हुन् ।सोमबार चन्द्रपुर ४ को बजार क्षेत्रमा घरदैलो कार्यक्रममा सहभागी हुने बागमती र चाँदी नदी किनारमा व्यवस्थित शवदाह गृह एवम् क्रियापुत्री भवन निमार्ण गर्ने, व्यवस्थित बसपार्क सञ्चालनमा ल्याउने, चन्द्रपुर चोक, बजार तथा आवश्यक स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने, नगर भित्र औद्योगिक क्षेत्रको स्थापनाका लागि पहल गर्ने र नदी कटान नियन्त्रणको लागि विशेष योजना ल्याउने प्रतिबद्धता जनाए ।घरदैलामा ‘कलम छाप’ का मेयर पदका उम्मेदवार दाहाल, उपमेयर उम्मेदवार रामरति चौधरी र वडा नम्बर ४ का वडाध्यक्षका उम्मेदवार कृष्ण खड्कासहितका उम्मेदवारहरु सहित नेकपा एसका उल्लेख्य नेता कार्यकर्ता सहभागी थिए ।बैशाख ३० गते हुने निर्वाचनको प्रचारप्रसार र आफ्नो पार्टीलाई विजयी गराउन मत माग्दै नेकपा एसले चन्द्रपुरको १० वटै वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।








