चन्द्रपुर,२९ बैशाख । रौतहटको हरेक मतदान केन्द्रबाट नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेला दासले जानकारी दिएका छन । दासका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ । बढी भन्दाबढी मतदातालाई मतदानसम्बन्धी जानकारी उपलब्ध गराउन आमसंचार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रब्यदृश्यको माध्यमबाट विभिन्न जानकारीमूलक सन्देश प्रसारण समेत भरहेको प्रमुख दासले जानकारी दिएका छन । वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ । यो अधिकारको प्रयोग गर्न यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले अपिल गरेको छ । शुक्रबार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने जनशक्ति मतदान स्थलमा पुगिसकेको जानकारी दिइएको छ । मतदान केन्द्रमा सम्पुर्ण किसिमको समानहरु समेत पुगेको दासले जानकारी दिए । रौतहटमा २ सय ७६ मतदान स्थल र ५ सय १८ केन्द्र रहेका छन । जसमध्य ८३ वटा मतदान केन्द्र अति संबेदनशिलको सुचिमा राखिएको छ । मत हाल्नको लागी राजधानी लगायत बिभिन्न जिल्लाहरुबाट मतदाता आउने क्रम पनि जारी रहेको छ ।