रौतहट,४ जेठ । जिल्लाको को राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादी भिखारी यादव विजयी भएको छ । उनले पूर्व मेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मत अन्तरका साथ पराजित गरेका छन् । यसैगरी उपमेयरमा समाजवादीकै राजकुमारी देवीले ५ हजार ८४२ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांगे्रसकी अर्चना कुमारी यादवे ३ हजार १४९ मत प्राप्त गरेकी छिन्मेयर पदमा निर्वाचित भएका यादवले ७०५२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी धिरेन्द्र सिंहले ३७०७ मत प्राप्त गरेका छन ।









