अशोक पहाडी
रौतहट,५ जेठ । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली काँग्रेसका संजय काफ्ने बिजयी भएका छन् । काफ्लेले ९ हजार १ सय ६३ मत प्राप्त गर्दै बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धोन्द्धी नेकपा एमालेका शिव आचार्यले ६ हजार पाँच सय २४ मत प्राप्त गरेका छन् । चन्द्रपुर नगरपालिकाको उप मेयरमा नेपाली काँग्रेसकै जयमाला चौधरीले ११ हजार ३ सय ७८ मत ल्याउदै बिजयी बन्न सफल भएकी छिन् ।