अशोक पहाडी
रौतहट,५ जेठ । रौतहटको मैलापुर नगरपालिकामा नेकपा एमालेकी रिना साह मेयरमा बिजयी भएकी छिन् । ५५५६ मत ल्याउदै एमालेकी साह मौलापुर नगरपालिकामा बिजयी भएकी हुन । उनका निकटतम प्रतिद्धोन्दी गठबन्धनका रामप्रवेस यादवले २९ सय ७५ मत प्राप्त गरेका थिए । सो नगरपालिकाको उप मेयरमा एमालेकै नागेन्द्र यादलवले ४५ सय २ मत प्राप्त गर्दै बिजयी भएका छन् । मधेस प्रदेशमै मेयरमा चुनाव जित्ने साहनै पहिलो महिला हुन ।








