गुजरा,६ बैशाख ।
नेकपा (एकीकृत समाजवादी) का एक वडा अध्यक्षका उम्मेदवारले जम्मा एक मत पाएकाछन् ।
सो पार्टीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटको गुजारा नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष उमेदवारले जम्मा एक मत पाएका हुन ।
नेकपा समाजवादीका उम्मेदवार दीपक चौधरीले वडा भरबाट एक मत मात्रै पाएका हुन् । त्यस्तै उक्त वडाका अन्य तीन वडाध्यक्षका स्वतन्त्र उम्मेदवार शेख कैमुल हक, राजकुमार चौधरी र शेख सैयादले सुन्य मत पाएका छन् ।
उक्त वडामा एमालेका गजेन्द्र चौधरी ८ मतको झिनो अन्तरले वडाध्यक्षमा दोस्रो पटक निर्वाचित भएका छन् ।
५ सय ३० मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित चौधरीका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ईश्वर प्रधानले ५ सय २२ मत प्राप्त गरेका थिए ।२०७८ जेठ ६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।