अशोक पहाडी
गुजरा,९ जेठ ।
रौतहटको गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उमेदवार विजयी भएका छन् । निवर्तमान मेयर सन्तलाल चौधरी अर्को कार्यकालका लागि पनि विजयी भएका हुन् ।
चौधरी ५ हजार १४३ मत ल्याएर मेयर पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका मेयरका उम्मेदवार केशव राय चौधरी ४ हजार ७ सय ९९ मत प्राप्त गरेर पराजित भए । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका मेयरका उमेदवार शेख एकरामुल हकले ४ हजार ४ सय ९ मत प्राप्त गरे ।
त्यसैगरी उपमेयरतर्फ नेपाली काँग्रेसकी उमेदवार रत्ना लामाले ६ हजार १० मत ल्याएर विजयी भइन् । सो नगरपालिकामा मतगणनाको बिषयमा बिवाद समेत भएको थियो । २०७९ जेठ ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








