चन्द्रपुर,२८ असार ।
रौतहटको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नया कार्य समितिको लागी असार ३२ गते निर्वाचन हुने भएको छ । गत शनिबार सम्पन्न वार्षिक साधारण सभाबाट नया“ कार्यसमिति चयन गर्नका लागि साधारण सभाले निर्वाचन मण्डललाई दिएको म्यान्डेट अनुसार असार ३२ गते निर्वाचन हुने भएको हो ।
असार २७ गते ११ बजे मतदाता नामाबली प्रकाशन गर्ने ,असार २८ गते दिउसो २ बजे सम्म मतदाता नामाबली माथि दाबी बिरोध गर्ने समय दिइने र असार २८ गते दिउसो अन्तिम मतदाता नामाबली प्रकाशन गर्ने तालिका रहेको छ । यसैगरी असार २९ गते बिहान १० बजे देखी १ बजे सम्म उमेदवारी दर्ता, दिउसो २ बजे उमेदवारहरुको नामाबली प्रकाशन, दिउसो ३ बजे सम्म उमेदवारहरुको नाम फिर्ता लिने समय दिइएको संयोजक तामाङले जानकारी दिए । त्यस्तै असार २९ गते ३ बजे सम्म उमेदवार उपर दाबी बिरोध, बेलुका ५ बजे उमेदवारहरुको अन्तिम नामाबली प्रकाशन र असार ३२ गते शनिबार बिहान ८ बजे देखि निर्वाचन गर्ने कार्यक्रम रहेको संयोजक बम्जनले बताए । निर्वाचन जन ज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको प्रंगणमा हुने बम्जनले जानकारी दिएका छन ।
बम्जनका अनुसार गत असार २५ गते चन्द्रपुर नगर उद्योग वाणिज्य संगको सातौ अधिवेशन सम्पनन्न भएको हो । अधिवेशनमा नया कार्य समिति गठन हुन नसक्दा निर्वाचन प्रक्रियामा जानु परेको निर्वाचन समितिका संयोजक बम्जनले बताए । शनिबार सम्पन्न सधारण सभामा अध्यक्ष पदका ३ जना दावेदार भएपछि चुनाबनै हुने भएको हो । चन्द्रपुर नगर उद्योग वाणिज्य संघका पूर्व महासचिब उदय नारायण सापकोटा, निवर्तमान महासचिब सुनिल कुमार साह र निवर्तमान कोषाध्यक्ष मनोज कुमार साहले अध्यक्ष पदका उम्मेदवारको चासो देखाएका छन ।