रौतहट,२५ साउन । नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा पुर्व मन्त्री प्रभु साहले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले चुनावको मुखमा गौरमा हावा योजनाको शिलन्यास गरेर मधेशीलाई मुर्ख बनाउने काम गरेको आरोप लगाएका छन् । बुधबार रौतहटको चन्द्रनिगाहपुरमा लोकतान्त्रीक आदीवासी जनजाती महासंघ रौतहटको प्रथम जिल्ला अधिवेसनलाई सम्बोधन गर्दै पुर्व मन्त्री साहले माधव कुमार नेपाल सहरी विकास मन्त्रालयको ठेकेदार बनेका हावामा बिभिन्न योजनाको शिलन्यस गर्दै मधेशीलाई मुर्ख बनाउने अभियानमा लागेको बताए । उनले अवको संचारको युगमा कोही मुर्ख बन्न नसक्ने भन्दै जनता नझक्याउन समेत चेतावनी दिए ।
साहले केन्द्रको गठबन्धनको सरकारले न्ययालयलाई बदनाम गराउने काम गरेको समेत आरोप लगाए । मधेश प्रदेश सरकारले समेत आदीवासी जनजाती र पहाडी समुदायलाई सरकारमा सामेल नगराएर अन्याय गरेको बताए । उनले मधेश सरकार भ्रटाचार गर्न लिप्त रहेको बताउदै प्रदेशमा गठबन्धन गरेर सरकारमा गएको नेपाली कांग्रेसले समेत आदीवासी र पहाडी समुदायलाई सरकारमा सहभागि नगराउनु दुखद भएको बताए । लोकतन्त्रमा समेत केन्द्र सरकार र मधेश प्रदेश सरकारले आदीवासीलाई भ्रममा पारेको बताए । आदीवासी जनजाती महासंघ रौतहटका अध्यक्ष खडग बहादुर बम्जनको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेता राजकुमार लेखी ,उद्धव रेग्मी लगाएतले आफ्नो धारणा राखेका थिए ।