बिजयपुर,४ भदौ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आएका रकम दुई विद्यालयका प्रधानअध्यापकले आफ्नो निजि खातामा राखेको तथ्य बाहिर आएको छ ।रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत संचालित दुई विद्यालयको प्रअले राष्टूपति शैक्षिक सुधारको रकम आफ्नो निजि खातामा राखेका हुन । चार कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम उपलब्ध गराइउने सो कार्यक्रम अन्तर्गत गत वर्ष यस् नगरपालिकाको मावि बिजयपुरमा चार कोे भवन निर्माणका लागि ३६ लाख, आधारभूत विद्यालय लक्षमिनीयमा आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, श्री सरस्वती प्रावि विजयपुरमा दुई कोे भवन निर्माणका लागि १८ लाख, र श्री प्रवि बुनियादमा दुई कोे भवन निर्माणका लागि १८ लाख रकम उपलब्ध गरेका छन्। । जसमध्ये नगरपालिकाको वडा ८ स्थित श्री सरस्वती प्रावि विजयपुरको प्रअ सुबोध यादव र श्री प्रावि बुनियादको प्रअ मुक्तिनरायण चौधरीले राष्टूपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २ कोे भवन निर्माणका लागि आएका १८ लाख रकम आफ्नो निजि खातामा राखेको पाइएको हो ।
सरकारी रकम कुनै पनि बहानामा आफ्नो निजि खातामा राख्न नपाउने व्यवस्था रहेपनि नगरपालिकाको सहयोगमा उनीहरु सो कार्यक्रमको रकम आफ्नो निजि खातामा राखेको स्विकार समेत गरेका छन् ।यस् बारे नगरपालिकाको शिक्षा संयोजक तेजनरायण यादवसँग बुझदा सो तथ्य बारे आफूलाई केही थाहा नभएको र यस् घटना बारे विशेष जाच बुझ गरि तपाईंलाई भोलि बताउने फोन मार्फत जानकारी गराएका छन्। त्यस्तै यहीँ सन्दर्भमा जिल्ला शिक्षा प्रमुख रामविनय सिंहसँग बुझ्दा यो कार्य नहुनु पर्ने तर यस्तो गरेको हो भन्ने नगरपालिकासंग बुझि सो रकम बिद्यालयको खातामा फिर्ता गर्न लगाउने उहाले बताउनु भयो । १८ रकम आफ्नै निजि खातामा राखि इट्ट र जस्ता पाता खरिदका लागि पेशकी दिएको र सो कार्य झिटै सुरु हुने प्रअ यादव र चौधरीले प्रतिबद्धता जनाएको छ ।
सो भवन निर्माणका लागि चैत २३ गतेसम्म सम्झौता रहे पनि तोकेको समय अगावै सो ब्लक निर्माण गर्ने प्रअ यादव र चौधरीले प्रतिबद्धता जनाएका छन् ।२०६५ सालमा स्थापित विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वाधार समेतमा कुनै सुधार नआए पनि यी विद्यालय अहिले राजनीति अखाडा बनेको छ । प्रअ सुबोध यादवले आ.व.०७४÷०७५ मा दुई कोे बल्क बनाउन जिल्ला शिक्षा कार्यालयबाट १६ लाख रकम ल्यायएका थिए । ऐलानी जग्गा देखाएर सो रकम ल्याउन खोजेको जिशिका प्रमुख रामविन सिंहले बताएका छन्। तर जिल्ला शिक्षा कार्यालयले सो रकमको समझौता अस्विकार गर्दा विद्यालयका लागि जग्गा खरिद गरि लालपुर्जा सहित जिसिकामा बुझाउदा यस् प्राविले १६ लाख रकम हात पार्न सफल भएको प्रमुख सिंहले बताउनु भयो। नया ब्लक निर्माणका लागि ४ का जग्गा खरिद गरेको तर २ का जग्गा मात्रै विद्यालयको नाउँमा रहेको प्रअ यादवले खुलासा गरेका छन्। एक वर्षमा निर्माण गर्ने सम्झौता भएको दुईवटा बल्क अहिले ६ वर्ष बितिसक्दा पनि अधुरो रहेको छ । सो अधुरो भवन र जग्गा अहिले स्थानीयहरुको करेसा वारि बनेको छ। विगत ६ वर्ष देखि घाम पानी खाइरहेका अधुरो बल्क अहिले दिनदिनै जिर्न बन्दै गएको छ । लथालिङ रहेको श्री सरस्वती प्राथमिक विद्यालयको पूर्वाधारलाई सरोकारवालाले कुनै सुधार नगरि गत वर्ष पनि सोर्सको भरमा हातपारेका राष्ट्रपति शैक्षिक सुधारको १८ लाख रकम प्र.अले आफ्नै निजि खातामा राखेका छन् ।








