चन्द्रनिगाहपुरमा भएको चक्का जाम पाँच घण्टा पछि खुलेको छ । भोली बिहान बार्तामा बस्ने गरी चक्का जाम खुलेको हो । रौतहटको चन्द्रपुरमा ७७ वर्षीय वृद्धलाई २३ वर्षीय युवाको कुटपिटका कारण मृत्यु भएपछि मृतकका आफ्न्तले पुर्व पश्चिम राजमार्ग बन्द गरेकाछन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी वृद्ध रामगोपाल घिमिरेलाई वडा नम्बर ५ का अजय चौधरीले कुटपिट गरेका थिए । उनको उपचारका क्रममा आज बिहान काठमाण्डौ स्थित टिचिङ अस्पतालमा मृत्यु भएको थियो ।








