चन्द्रपुर,२६ भदौ ।
भु तथा जलाधार ब्यबस्थापन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारी लामो समय देखी नआउदा सेवाग्राही प्रभाबित भएका छन । सो कार्यालयका जिम्मेबार तहका कर्मचारी नै कार्यालयमा आउन छाडेपछि रौतहट लगायत ४ वटा जिल्लाका सेवाग्राही प्रभाबित भएका हुन ।
सो कार्यालयका भु संरक्षण अधिकृत जिउत राउत अहिर आफै निमित्त कार्यालय प्रमुख बनेर आफै छुटी लिएर बसेका छन । उनी गत भदौ १४ गते देखी भदौ २१ गते सम्म आएका छैनन ।
अधिकृत अहिरले बिदामा बसेको आफुलाइ थाहा नभएको सो कार्यालयका प्रमुख बिपिन झाले बताए । अधिकृत अहिरले बिदा लिएको आफुलाइ जानकारी नभएको प्रमुख झाको भनाइ छ ।
यसैगरी अर्का भु संरक्षण अधिकृत राजेन्द्र कुमार साह भदौ १३ गते देखी कार्यालयमा नआएको प्रमुख झाले जानकारी दिए । साहले पनि बिदाको बारेमा कार्यालयमा कुनै जानकारी नगराएको झाले बताए । त्यस्तै जलाधार ब्यबस्थापन अधिकृत संजय कुमार मिश्र पनि कार्यालयमा बेखर छन । उनी पनि लामो समय देखी कार्यालयमा आउन सकेका छैनन । यो उनीहरुको रोग नै भएको सो कार्यालयका एक कर्मचारीले बताए । यी अधिकृतहरुको कारण रौतहट,बारा,पर्सा र सर्लाहीका सेवाग्राहीहरु प्रभाबित बनेका छन । अहिर,साह र मिश्रले आ आफनो साइटको फाइल कार्यालयमा नबुझाउदा सेवाग्राही मारमा परेका छन । यता जलाधार ब्यबस्थापन अधिकृत संजय कुमार मिश्रले आफु कार्यालयकै कामले र उपभोक्ताको भुक्तानीको लागी प्रदेशको उद्योग,वन तथा पर्यटन मन्त्रालयमा गएको बताएका छन । सेवाग्राहीहरुको भुक्तानी कै लागी जनकपुर पुगेर कार्यालय आइपुगेको मिश्रले बताए । आफु चन्द्रनिगाहपुर कार्यालयमा आउनु भन्दा अगाडी भएका कामहरुको भुक्तानी बाकी रहेको र ति भुक्तानीलाइ सहज बनाउनको लागी मन्त्रालय गएको समेत मिश्रको भनाइ रहेको थियो । उनीहरु कै कारण श्रीराम निमार्ण सेवाका संचालक राम नारायण यादब दैनिक सो कार्यालयमा धाउदै आएका छन । यादबले चन्द्रपुर २ जुडिबेलामा नर्सरी उत्पादन गरेबापत रु १५ लाख भुत्तानी माग गरेको बताए । आर्थिक बर्ष २०७७÷०७८ को नर्सरी उत्पादन बापतको रकम अझै सम्म नपाएको उनले बताए । यसैगरी गुजरा ५ का जे के आलु उत्पादन कृषक समुहका अध्यक्ष पुष्पा चौधरी पनि रकम भुक्तानी कै लागी दौडिरहेकी छिन । उनले सो क्षेत्रमा पोखरी निमार्ण बापतको १५ लाख रुपैया भुक्तानी नपाएको बताइन । कर्मचारीको लापरवाहीको कारण यस्ता १३ भन्दा बढी समुहको भुक्तानी हुन नसकेको कार्यालय प्रमुख झाले बताए । रकम भुक्तानीको लागी लेखा फाटमा फाइन बुझाउनुपर्ने तर ति कर्मचारीले कार्यालयमा फाइल नबुझाउदा भुक्तानीमा समस्या भएको कार्यालय प्रमुख झाले बताए ।








