रौतहट,३० भदौ ।
रौतहट जिल्लामै पहिलो पटक तराई मधेशमा महादलितका रुपमा रहेका डुम समुदायका बालबालिका सार्वजनिक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका शिवनगरमा आयोजित एक कार्यक्रमका बीच जिल्लाभरिका विभिन्न विद्यालयमा अध्ययनरत डुम समुदायका बालबालिका सम्मानित भएका हुन । कार्यक्रमका प्रमुख अतिथी समाजसेवी तथा राजनितीज्ञ मुटुक पासवानले उनीहरुलाई सम्मान गरेका थिए ।
डुम समुदायकबाट प्रतिनिधित्व गर्ने स्वास्थ चौकी सोनरनियाका अहेव बिजय मल्ली डुमको सक्रियतामा आयोजित कार्यक्रमका अतिथी तथा गरुडा नगरपालिका ५ का अध्यक्ष रामबिनोद जयसवालले कक्षा १२ मा अध्ययनरत छात्र अनिल मल्ली डुमको पढाईको सम्पुर्ण खर्च दिने घोषणा गरेका थिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय गरुडाका ईन्स्पेक्टर बिरेन्द्र पासवान,जगलाल पासवान,बाबुलाल राम,बिगु राम, महिला नेत्री प्रेमा देवि,वोकिन्द्र बैठा,,लगायतका वक्ताहरुले डुम समुदायका बालबालिकाको सम्मानले अन्य दलित समुदायमा पनि आआफ्नो बालबालिका लाई विद्यालय पठाउन प्रेरणा मिल्ने बिचार राखेका थिए ।
मधेसमा महादलितको रूपमा पिछडिएका डुम समुदायका बालबालिकाको उत्थान तथा पठनपाठनमा सहयोग गर्न वक्ताहरूले दाता संग आग्रह गरेका थिए । कार्यक्रममा दुई दर्जन बढी बालबालिका लाई सम्मानित गरिएको थियो ।
रौतहट जिल्लामा डुम समुदायबाट उच्च शिक्षा हासिल गरि सरकारी सेवामा प्रवेश गर्ने स्वास्थकर्मी बिजय मल्लिनै पहिलो ब्यक्ति हुन ।