मौलापुर,३ भदौ ।
रौतहट जिल्लाको मौलापुरमा रहेको एक होटलमा हुने गरेको यौन धन्दाको बिषयमा यतीबेला समाजिक संजालमा बिभिन्न किसिमका टिका टिप्पणी सुरु भएको छ ।
ईलाका प्रहरी कार्यालय मौलापुरको मिलेमतोमा मौलापुर बजारमा रहेको एक होटलले काठमाण्डौ लगाएतका स्थानबाट युवतीहरु मगाएर यौन धन्दा चलाउने गरेको भन्दै सामाजिक संजालमा अस्लिल फोटोहरु पोष्ट हुने क्रम जारी रहेको छ ।
मौलापुर बजारमा रहेको स्थानीय नवल साहले संचालन गरेको न्यु स्टार होटलमा बिगत लामो समय देखी यौन धन्दा हुने गरेको स्थानीयले बताउदै आएका थिए । स्थानीय प्रहरीकै मिलेमतोमा खुलेयाम यौन धन्दा हुने गरेको भन्दै होटलमा हुने अबैध क्रियाकलापको फोटो यतीबेला फेसबुकमा बिभिन्न कोणाबट पोष्ट हुने क्रम जारी रहेको छ ।
समाजिक संजाल फेसबुकमा राईछाइ रहेका तीनै फोटो पोष्टगर्दै पुर्व प्रदेशसभा सदस्य कुन्दन कुस्वाहले चुनावको बेलामा आएर मौलापुर नगरपालिकाका प्रमुख र एमाले नेता प्रभु साहलाई जोडेर गठबन्धनका कार्यकर्ताले भ्रम फैल्याउने काम गरेको बताएकाछन् । उनले आफ्नो स्टाटसमा भनेका छन्,गठबन्धनकै प्रहरी प्रशासनको आठमा अबैध धन्दा भएको हो ।
सो बिषयमा बुझनका लागि तराई एक्सप्रेस दैनिकले ईलाका प्रहरी कार्यालय मौलापुरको ९८५५०९०५२४ ,९८५५०४२१९७ ,९८५५०२४५०८ मा फोन गर्दा पत्रकार भन्ना साथ मलाई थाहा छैन पछि कुरा गरौला भन्दै पन्छने काम भयो ।
स्थानीयका अनुसार ईलाका प्रहरी कार्यालय मौलापुरले मासिक पैसा लिएर मौलापुरमा यौन धन्दा गर्ने छुट दिएको हो ।
बिहारसंग सिमा नजिकै रहेको सो होटलमा अबैध यौन क्रियाकलाप गर्नका लागि र मदिरा सेवन गर्नका लागि भारतीय नागरिकहरु आंउने गरेका थिए ।
सो होटलले प्रहरीको मिलेमतोमा गरेको यौनधन्दालाई पछिल्लो समय प्रभु साहसंग जोडेर सामाजिक संजलमा आएका पोष्टहरु प्रति एमालेका नेता तथा कार्यकर्ताले कडा रुपमा बिरोध गरेकाछन् ।
गठबन्धनका नेता कार्यकर्ता सो बिषयलाई लिएर प्रभु साहको नाम जोडेर सामाजिक संजालमा तथानाम लेख्न लागि परेका छन् भने एमालेका नेता कार्यकर्ता समेत त्यसको प्रतिकारमा उत्रेका छन् । २०७९ असोज ३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








