गौर,१६ असोज । जिल्ला सदर मुकाम गौरमा आईतबार एक कार्यक्रम बीच मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । रौतहट जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा रौतहट जिल्लाका मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले जनताले चाहेको जन प्रतिनिधि छान्ने सवालमा निश्पक्ष धाधली रहित रुपले कार्य गर्ने बताए ।
दलका प्रतिनिधि आचारसंहिता पालना गर्न तयार रहेको प्रतिवद्वता आएकोछ यसलाई सुखद रुपमा लिएको उनको भनाइ थियो
सो अवसरमा नेपाली सेनाका कर्णेल गंगा बहादुर विष्ट , नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर, सस्शत्र प्रहरीका सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की, राष्ट्रियअनुसन्धानका प्रमुख मुकुन्द ढकाल , गौर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सभाष कुमार ठाकुर सहितका उपस्थिति रहयो ।








