पथलैया,२० असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा २२ तीन नम्बर पुलनजिकको मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट बिरगंजतर्फ जाँदै गतेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो ।
उद्दार कार्य चलिरहेको र दुर्घटनामा घाइते भएकालाई उपचारका लागि हेटौंडा लगिदै गरेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








