रौतहट,२२ असोज । संघ तथा प्रदेशको चुनावको लागि भोलि मनोनयन दर्ता हुदै छ ,तर आज सम्म नेपाली काँग्रेस रौतहट ४ को उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।
नेपाली काँग्रेसले रौतहट ४ को संघिय संसदको उम्मेदवार टुंगो लगाउन नसकेको हो । रौतहट ४ को प्रदेशसभा तर्फको क मा माओवादीका समिर भट्टराईले टिकट पाउने पक्का भएको छ । प्रदेशसभा ख मा भने नेकपा एकीकृतले टिकट पाउने पक्का भएको भएपनि कस्ले टिकट पाउने भन्ने पक्का हुन नसकेको सो पार्टीका एक नेताले तराई एक्सप्रेसलाई बताए । संघ तर्फ निवर्तमान संसद देव प्रसाद तिमलसिना र रबिनचन्द्र कोईराला मध्य एकजनाले टिकट पाउने छन् । संघ तर्फको टिकट तिमलसिना र कोईराला बिच कस्ले ल्याउने भन्ने बिषयमा अहिले रौतहटको महौल तताएको छ ।