चन्द्रपुर,२३ असोज ।
नेकपा एकीकृत समाजवादीले रौतहट क्षेत्रनं ४ (क)बाट बालकृष्ण श्रेष्ठलाई मैदानमा उतरेको छ ।
गठबन्धनको चर्चा चलिरहेका बेला एका एक नेकपा एसबाट श्रेष्ठले उम्मेदवारी दर्ता गएपछि गठबन्धनका उम्मेदवार समिर भट्टराई घेराबन्दीमा परेका छन् । तत्कालिन नेकपा एमाले रौतहटको युवा संघको जिल्ला अध्यक्ष रहेका श्रेष्ठ एमाले फुटसंगै एकीकृत समाजवादीमा सक्रिय रहेकाछन् ।
आफुले पार्टीको निर्णय अनुसार मनोनयन दर्ता गरेको श्रेष्ठको भनाइ रहेको छ । एकीकृत समाजवादीका युवा नेता श्रेष्ठ युवाहरु माझ लोकप्रिय रहेका छन् । उनको उम्मेदवारीले गठबन्धमा केही झडका लागेको आंकलन गरिएको छ । यो संगै रौतहट ४ मा गठबन्धनको औचित्य माथिनै प्रश्न चिन्ह् खडा भएको छ ।