चन्द्रपुर,२४ असोज ।
रौतहट क्षेत्रनं ४ को संघिय संसदमा नेकपा एमालेका उद्धव रेग्मी र नेपाली कांग्रेसका देव प्रसाद तिमलसिना बिच भिडण्त हुने भएको छ ।
तिमलसिना यसभन्दा पहिलाका संघिय संसद हुन । रेग्मी तत्कालिन चन्द्रनिगाहपुर गाबिसको गाबिस अध्यक्ष हुदै गएको स्थानीय तहको निर्वाचनमा चन्द्रपुर नगरपालिकाको मेयरमा पराजित भएका थिए । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका रेग्मी लामो समय नेकपा एमालेको राजनितिमा सक्रिय रहेका थिए ।
तिमलसिना पनि लामो समय देखी नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहंदै आएका छन् ।
पुर्व संसद तिमलसिनाले गएको संघिय निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीका गठबन्धनका उम्मेदवार डाक्टर बंशिधर मिश्रलाई धेरै मताअन्तरले हराउदै संघिय संसद बनेका थिए ।
रेग्मी र तिमलसिनाले पछिल्लो समय आफ्नो पक्षमा जित निकाल्नका लागि गठबन्धनको साहार लिनुपर्ने देखिन्छ । रेग्मी जसपासंगको गठबन्धनका आधारमा आफ्नो पक्षमा मत तान्ने दाउमा रहेका छन् ।
तिमलसिना माओवादी र एकीकृत समाजवादीको मतका आधारमा आफुले जित निकाल्ने दाउमा रहेकाछन् ।
तिमलसिनाको पक्षमा प्रदेशसभा क मा नेकपा माओवादीका युवा नेता युवराज भट्टराईरहेका छन् । रेग्मीको पक्षमा गएको निर्वाचनमा प्रदेशसभामा चुनाव जितेका ख का फुलबाबु रहेकाछन् ।








