चन्द्रपुर,२९ असोज । रौतहटको वनबाट पछिल्लो समय दाउराको नाममा काँचा सालका लाथ्रा काटने संख्या बढदै जान थालेको छ । वन कर्मचारीले गस्ती नगरेका कारण रौतहटको वनबाट सयौको संख्यामा काचा सालका लाथ्रा काटेर लानेको संख्या बढदै गएको हो ।
वन कर्मचारीकै मिलेमतोमा रौतहटको वनमा पछिल्लो समय ब्यापक रुपमा चोरी तस्करी बढदै गएको स्थानीयको भनाइ रहेको छ ।








