चन्द्रपुर,२ कार्तिक । नेकपा एमालेबाट रौतहट क्षेत्रनं ४ को क प्रदेशसभा सदस्यका उम्मेदवार अखिलेश्वर चौधरीले घरदैलो अभियानलाई तिब्र बनाएकाछन् । रौतहट क्षेत्रनं ४ का एमालेका उम्मेदवारलाई भोट माग्दै चौधरीले घरदैलो अभियान तिब्र पारेका हुन । चौधरीले शुखि नेपाली र सम्बृद्ध नेपाल निर्माणका लागि सुर्य चिन्ह्मा मतदान गर्न आग्रह गर्दै घरदैलो अभियान तिब्र पारेको नेकपा एमालेका नेता बैजनाथ सहनीले बताए । रौतहट ४ को संघिय संसदमा उद्धव रेग्मी र क प्रदेशसभा सदस्यमा अखिलेश्वर चौधरी र ख प्रदेशसभा सदस्यमा अबुलकलाम आजाद उर्फ फुलबाबु उम्मेदवार रहेकाछन् ।










