गुजरा,१६ कार्तिक ।
रौतहट क्षेत्रनं ३ को (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका बदरुदीन अरमान भाईले मतदाता दलका उम्मेदवारको आश्वासनका कारण आजित भएको बताएकाछन् । आफुले स्वतन्त्र उम्मेदवारी दिएर मत माग्नका लागि मतदाताको पुग्दा मतदाता दलका उम्मेदवारको हावादारी कुराबाट आजित भएको पाएको बताएकाछन् ।
बौद्धिक तथा क्षमतावान युवा नेताको परिचय बनाएका अरमानभाईले आफ्नो चुनावी एजेण्डानै किसानको समस्या रहेको बताउदै आएका छन् । सो क्षेत्रमा एकीकृत समाजवादीका नेता तथा मधेश प्रदेशका वन तथा पर्यटन राज्य मन्त्री नागेन्द्र यादव ,जसपाका नेता गोबिन्द चौधरीकी छोरी पुजा चौधरी र प्रभु साहको डिजाईनमा स्वतन्त्र उठेका केशव राय चौधरी चुनावी मैदानमा रहेका छन् । यस भन्दा पहिला यो क्षेत्रमा चुनाव जितेकाहरु र अन्य ठुला दलका उम्मेदवार मैदानमा रहेको भएपनि उनीहरुले यो क्षेत्रका किसानको हितमा कुनै काम नगरेका कारण मतदाताको मत आफ्नो पवक्षमा रहेको अरमान भाईको भनाइ रहेको छ ।
रौतहट क्षेत्रनं ३ को क चुनाव क्षेत्रमा अधिकांस वनसंग जोडिएका बस्ति रहेका कारण आफुले चुनाव जिते आफ्नो क्षेत्रलाई बाख्रा पकेट क्षेत्र बनाउन आफुले कुनै कसर बांकी नराख्ने बताए ।
आफ्नो चुनावी एजेण्डानै किसानका समस्या रहेका कारण यसभेगका अधिकांस किसान मतदाताको मत आफ्नो पक्षमा आंउने उनले दावी गरेकाछन् ।
प्रशरकुकर चुनाव चिन्ह्बाट चुनावी मैदानमा उत्रेका उनले दलका उम्मेदवारलाई कडा टक्कर दिने अनुमान गरिएको छ । २०७९ कार्तिक १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








