चन्द्रपुर,१६ कार्तिक ।
रौतहट क्षेत्र नं. ४ का संघिय संसदका स्वतन्त्र उमेदवार अजय साहले मतदाता आफै स्वतन्त्र भएका कारण यस पटकको चुनावमा स्वतन्त्र उम्मेदवारलाई मतदान गर्ने बताएकाछन । साह अहिले चुनाबी अभियानलाइ तिब्रता दिदैछन । नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका साहले अहिले प्रचार प्रसारलाइ तिब्रता बनाएका हुन । चन्द्रपुर नगरपालिका वाड नं. ६ निवासी साह पुराना नेपाली कांग्रेसका नेता हुन । उनको उमेदवारीले नेपाली कांग्रेस र नेकपा एमालेका संघिय संसदका उमेदवारहरुलाइ थप चुनौती दिएको छ । २०३६ साल देखी नेपाली कांग्रेसमा सक्रिय राजनिति गदै आएका साहले पार्टीको बिभिन्न तह तप्कामा रहेर काम गदै आएका थिए । राजनितिक दलबाट देशको र समाजको बिकाश नहुने भन्दै साहले स्वतन्त्रमा उमेदवारी दर्ता गराएको बताएका छन ।
साहले उमेदवारी दर्ता गराए देखी क्षेत्र नं. ४ को आफना पुराना साथि भाइहरु संगको भेटघाटलाइ सक्रिय बनाएका छन । लामो समय देखी समाजकै लागी काम गरेको कारण पनि चुनाब जित्नेमा ढुक्क रहेको उनी बताउछन । देश मै नाम चलेको क्लबको रुपमा बिकाश गरेको सरस्वती युवा क्लब देखी लिएर समाजका बिभिन्न संघ संस्थामा आबद्ध रहेर काम काम गरेको उनको अनुभब छ । २०५६ सालको स्थानिय निकायको निर्वाचनमा तत्कालीन चन्द्रनिगाहपुर गाबिसको वाड नं. ६ को वाड अध्यक्ष देखी लिएर बिभिन्न संघ संस्थाको नेतृत्व गरिसकेको उनले बताए । जनताकै आग्रहमा आफुले स्वतन्त्र उमेदवारी दिएको साहले बताएका छन । यस क्षेत्रको ३० वटा वाडहरुको गाउटोलमा एउटा अभियानको रुपमा घरदैलो कार्यक्रम मार्फत जनताहरु संग भेटने काम भइरहेको र मतदाताहरुबाट सकरात्म सुझाब पाएको साहले बताए । साहको चुनाब चिन्ह कल छाप हो ।
ज्नता जर्नादन भन्ने कुरा आफुलाइ राम्रो संग थाहा भएको कारण पनि लामो समय देखी जनताको मन जित्ने कार्य गरेको साहले बताए ।
यस क्षेत्रबाट संघिय संसदको लागी नेपाली कांग्रेसका देब प्रसाद तिलमसिनाले उमेदवारी दिएका छन भने नेकपा एमालेको तर्फबाट उद्धब प्रसाद रेग्मीले उमेदवारी दिएका छन । तिमलसिना सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओबादीका उमेदवार हुन भने । रेग्मी नेकपा एमाले र जसपा गठबन्धनका उमेदवार हुन । यी दुबै जना दलबल सहित घरदैलो अभियानमा छन ।२०७९ कार्तिक १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








