गरुडा,१३ मंसिर । रौतहटको गरुडामा सवारी दुर्घटनामा एकजना व्यापारीको ज्यान गएपछि स्थानीयले गरुडा बजारमा चक्का जाम गरेकाछन् । स्थानीय व्यापारी राजनारायण साहलाई बिहान मर्निङवाकको क्रममा पहिचा खुल्न नसकेको गाडीले ठक्कर दिएको थियो । सवारी पहिचानको माग गर्दे स्थानीयले बिहानै देखी चन्द्रनिगाहपुर गौर सडक खण्डमा चक्का जाम गरेका छन् । व्यापारी साहलाई ठक्कर दिने सवारीको खोजी भईरहेको ईलाका प्हरी कार्यालय गरुडाले जनाएको छ ।








