चन्द्रपुर,२४ मंसिर । रौतहटको वन सुरक्षाको बाधकको रुपमा पछिल्लो स्थानीय कर्मचारी देखा परेकाछन् । विगत लामो समय देखी डिभिजन वन कार्यालय रौतहटमा रौतहट जिल्लाका मात्र ९० प्रतिशत कर्मचारी कार्यरत रहेकाछन् । सशस्त्र वन रक्षक देखी सहायक वन अधिकृत हुदै वन पाले र पियन सम्म स्थानीय भएका कारण रौतहटको वनमा हुने चोरी तस्करीमा उनीहरुकै हात हुने गरेको वन कर्मचारीको भनाई रहेको छ । डिभिजन वन कार्यालय रौतहटमा एक सय १० जना कर्मचारीको दरबन्दी रहेकोमा ९३ जना कर्मचारी कार्यतर रहेकाछन् । डिभिजन वन कार्यालय रौतहटमा कार्यरत कर्मचारी मध्य ९० प्रतिशत कर्मचारी रौतहट जिल्लाकानै रहेकाछन् ।
स्थानीय कर्मचारीनै कारण रौतहटको वनमा चोरी तस्करी बढेको बाहिरका कर्मचारीको भनाइ रहेको छ । तत्कालिन समयमा मातृका यादव वन मन्त्री हुंदा जिल्ला वन कार्यालय रौतहटमा कार्यरत रहेका सवै वन कर्मचारीको जिल्ला बाहिर सरुवा भएको थियो ।
फेरी विस्तरै उनीहरुले राजनैतिक दलका पंहुचका आधार फेरी घर पायक आफ्नै जिल्लामा सरुवा मागर आएका कारण रौतहटको वनमा चोरी तस्करीले स्थान पाएको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा भरत आचार्यको भनाइ रहेको छ । वन गस्ति निस्कनासाथ स्थानीय वन कर्मचारीले काठ चोरीमा संलग्नलाई जानकारी दिने गरेका कारण वन कर्मचारीले काटेको रुख मात्र फेला पर्ने गरेकाछन् । उनीहरुले चोरलाई वन गस्तिका बिषयमा जानकारी नदिने हो भने चोर तस्कर पक्राउ गर्न कुनै समस्या हुने डिभिजन वन कार्यालय रौतहटमा कार्यरत एक कर्मचारीले जानकारी दिएकाछन् ।