रौतहट, २५ मंसिर ।
रौतहटको वृन्दावन नगरपालिकामा मेयर र उपमेयर बीच बिवाद चुहिएको छ । उनीहरु पत्रकार सम्मेलन गर्दै एकले अर्कोलाई दोषरोपण गर्दे छन् ।
केही दिन पहिला सो नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले आफुसंग उप मेयरले माटो रकम माग गरेको र नदिएपछि बिभिन्न आरोप लगाएको बताएका थिए । त्यसको लगत्तै उप मेयरले शनिबार चन्द्रनिगाहपुर स्थित आफ्नो निजि निवासमा पत्रकार सम्मेलन गर्दै वृनदावन नगरपालिकाका उपमेयर संगिता कुमारी रामले नगरप्रमुखले आफू माथि लगाएको आर्थिक लाभको आरोप गलत रहेको बताएकी थिईन ।
मेरो लडाइँ बजेटको लागि होईन, अधिकारको लागि हो, नगरप्रमुख बिनोद प्रसाद कुर्मीले आफुमाथि माथि गलत र निराधार आरोप लगाएको बताइन् । उपमेयर रामले भनिन् बजेट मेयरको घरको होईन्, विकास निर्माणको लागि हो ।
बजेट मैले मेयर सँग माग गर्नै पर्दैन् नियम प्रक्रिया अनुसार बजेट खर्च हुने हो उप मेयर रामले भनिन् । नगरपालिकाको बैठक लगाएत कुनै पनि कार्य सम्बन्धि जानकारी नै नदिई मेयरले मनलाग्दी काम गरेको उनको भनाइ थियो । मेयर कसर्मीले शुक्रबार पत्रकार सम्मेलन मार्फत दिएको बक्तब्य प्रति खेद प्रकट समेत गरेकी छन् ।
उनले भनिन् नगरप्रमुखले बोल्नु भएको कुराहरु सरासर निन्दनिय र अमर्यादित छ ।
नगरप्रमुख र उपप्रमुखलाई सुविधा संघ र प्रदेशले व्यवस्था गरेको अनुसार पाउनु पर्ने हो । सुविधा लिनुपरेमा कार्यापालिका बैठकबाट पारित गराउनु पर्ने हुन्छ । सेवा सुविधाको बारेमा नगरप्रमुखले दिएको बकतव्य प्रति उपमेयर रामले आपत्ती जनाएकी छन् ।
उप मेयरका अनुसार अनुसार उनले चुनावी दौडानमा मतदातालाई दिएको केही वाचा र अस्वासनलाई पूरा गर्नका निम्ति केही योजनाहरु राखिदिन आग्रह गरेको थिताइन् । नगरप्रमुख कुर्मीले हाकिमलाई मिलाएर नगरपालिका सम्बन्धि हरेक कार्यमा आफुलाई छोडेर हिड्न थालेको उनको गुनासो थियो ।
आफुले बारम्बार मैखिक रुपले बैंक स्टेटमेन्ट प्रशासकीय अधिकृत सँग माग गर्दा नदिएपछि आफुले लिखित रुपमा पनि माग गरेको बताइएकी छन् ।
न्यायिक समिति सचिवालयमा चाहिने कर्मचारी मध्ये कम्प्युटर अपरेटर र आवश्यक फर्निचको साथै स्टेसनरी,कानुनको पुस्तकहरु आफुले लखित रुपमा माग गरेपनि नगर प्रमुख कुर्मीले अटेरी गर्दै आएको उपमेयर रामको भनाइ छ । नगर प्रमुखको रबैयाले नगरपालिका भ्रष्टाचारमा लिप्त हुने संकेत पनि झल्किन थालेको उपमेयर रामको भनाइ रहेको छ ।

यता शुक्रबार वृन्दावन नगरपालिकाको कार्यालय बिश्रामपुरमा पत्रकार सम्मेलन आयोजना गरि नगरप्रमुख कुर्मीले उपप्रमुख संगीतादेवी राम नियमित रुपमा नगरपालिकाको कार्यमा सहभागी नहुँदा विकास निर्माणका कार्यहरु प्रभावित हुन पुगेको आरोप लगाएका थिए ।
चालु आर्थिक वर्षको लागि छुट्याएको २९ करोड रकममध्ये ३ करोड निजी रुपमा सञ्चालन गर्नको लागि माग गर्दा विकासको योजना सञ्चालनबाहेक रकम भागबण्डा गर्न नसकिने जबाफ दिएपछि उपप्रमुख रामले आफ्ना समर्थकहरुको मार्फत सामाजिक सञ्जाल आरोप लगाउने कार्य गरेको टिप्पणी गरेका थिए । मेयर र उप मेयर बिचको बिवादका कारण सो नगरपालिकाको काम काज प्रभावित बन्दै जान थालेको स्थानीय बासिन्दाको भनाई रहेको छ । मेयर कुर्मी र उप मेयर राम एकै पार्टीबाट चुनाव जितेका हुन ।