रौतहट,२७ मंसिर । जिल्लाको चन्द्रपुर नगरपालिका वडानं ५ को चिडियादहमा बनेको पिच गुणस्तरहिन भएको स्थानीयले बताएकाछन् । बिनोद घिमिरेको घर अगाडि बनेको सो चिप अहिलेनै उक्कीन थालेको स्थानीयको भनाइ रहेको छ । स्थानीयले सो पिच भत्काएर पुन बनाउनुपर्ने माग गरेकाछन् । चन्द्रपुर नगरपालिकाका ईन्जिनियरहरुको मिलेमतोमा ठेकेदारले गुणस्तरहिन काम गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।








