अशोक पहाडी
चन्द्रपुर,१९ पुस ।
तराई मधेशको बाक्लो हुस्सु र शितलहरमा कक्षा ४ मा अध्यानरत नितु कुमारी राम घरबाट बोरा संगै कापी कलम बोकेर आफ्नो विद्यालय आफ्नो विद्यालय आँउछिन् । कापी कलमसंगै बोरा बोकेर आँउनु उनको दैनिकीनै बनेको छ । आफु अध्यानरत दलित प्राथमिक विद्यालय फतुवा विजयपुर नगरपालिका वडानं १ मा रहेको विद्यालयमा भवन नभएका कारण खुल्ला चौरमा बसेर पढनका लागि उनी दैनिक घरबाट कपी कलमसंगै बोरा समेत बोकेर आँउने गरेकी हुन । उनीजस्ता करिब एक सय ८० जना विद्यार्थी सो विद्यालयमा हरेक दिन बोरा बोकेर पढन आँउने गरेकाछन् ।
रौतहटको फतुवा वियपुर नगरपालिकाका विद्यालयमा अझै पनि विद्यार्थी विद्यालयमा बोरा बोकेर बढन जाने गरेका छन् । विद्यार्थी बोरा मात्र हैन बाल कक्षा देखी ५ कक्षा सम्म खुल्ला आकाश मुनी बसेर बढनुपर्ने बाध्यता रहेको छ । भवननै नभएको उखुबारीको बिचमा रहेको दलित प्राथमिक विद्यालयको धुलाम्मे चौरमा बसेर पढनका लागि विद्यार्थीहरुले घरबाट बोरा बोकेर आउनुपर्ने बाध्यता रहेको छ । फतुवा विजयपुर नगरपालिकाको वडानं १ सितलपुरमा उखुबारीको बिचमा रहेको विद्यालयको अवस्था नाजुक रहेको भएपनि नगरपालिकाले कुनै वास्ता नगरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र हजराले तराई एक्सप्रेसलाई बताए
२०६४ सालमा स्थापना भएको सो विद्यालयमा भवनको नाममा एउटा सानो फुसको छाप्रो रहेको छ । नाम मात्रको सो विद्यालयमा कक्षा कोठा , डेक्स ,ब्रेन्च ,व्ल्याक बोर्ड लगाएका केही सामाग्री छैनन् । अरु त परोको कुरा हो विद्यालयमा अफिस कोटाको नाममा ६ वटा प्लाष्टीकको कुर्सि मात्र रहेको सो विद्यालयका शिक्षक रामेश्वर महराले बताए ।
सरकारले शिक्षाको नाममा बर्षी ठुलो रकम खर्च गर्ने गरेको भएपनि सो विद्यालयमा अध्यानरत विद्यार्थीहरुले पाँच कक्षा पास गर्ने बेला सम्म डेक्स र ब्रेन्चको मुख समेत देख्न पाँउने गरेका छैनन् ।
कक्षा ४ मा अध्यानरत ईन्द्र कुमारी पासवानले आफुले अहिले सम्म आफ्नो विद्यालयमा डेक्स र ब्रेन्चको मुख समेत नदेखेको बताईन् । उनी बिहान खाना आएर कापी र कलमसंगै विद्यालय आँउने बेरामा बेरा लिएर आउँछिन् । विद्यालयमा आएपछि चर्को घाँम होस वा शितलर उनीबेला ओछ्यार पठन बाध्य हुने गरेकी छिन् । बर्षाको बेला विद्यालय बन्द हुने गरेका कारण उनीहरु भिजेर पढनु नपरेको शिक्षक रामेश्वर महराको भनाइ रहेको छ ।
भवन बिनाको सो विद्यालयमा पढन आँउने विद्यार्थीहरुलाई शिक्षकले कक्षा छुट्याएर ग्रुपमा पढाउने गरेकाछन् ।
विद्यालयको भवनका लागि नगरपालिकामा पटक पटक ताकेता गर्दा समेत वास्ता नगरेको अर्का शिक्षक शिरालाल प्रसाद यादवले गुनासो गरेकाछन् । विद्यालयमा पकाउने ठाँउ समेत नभएका कारण विद्यार्थीले दैनिक दिवा खाजा समेत खान नपाएको शिक्षकहरुको भनाइ रहेको छ । खाजा पकाउने ठाँउ नभएकाले आफुहरुले विद्यार्थीलाई दिवा खाजाको रुपमा चाउचाउ र विस्कुट दिने गरेको प्रधानाध्यापक राजेन्द्र हजाराले बताए । बकैया खोलाको छेउमा मुटुनै कमाउने चिसो सिरेटोसंगै लागेको बाक्लो हुस्सुमा विद्यार्थीहरु बोरा ओछ्याएर पढन बाध्य हुने गरेकाछन् ।
सो विद्यालयको भवन बनाउनका लागि तत्कालिन वडा अध्यक्ष संजय साहले ४ कठा जमिन किनेर नगरपालिकाको २४ लाख बजेमा भवन बनाएको भएपनि जमिन विद्यालयको नाममा नभएका कारण विद्यार्थीहरु चिसो भुईमा बोरा ओछ्याएर पढन बाध्य भएका हुन । वडा अध्यक्ष साहले दलित प्राथमिक विद्यालयको लागि किनेको जग्गा कसको नाममा छ भन्ने कुरा आफुहरुलाई थाहा नभएको शिक्षकहरुको भनाइ रहेको छ । माओवादी बाट यस भन्दा पहिला वडा अध्यक्षमा चुनाव जितेका साहले नगरपालिकाको बजेटबाट किनेको जमिन विद्यालयको नाममा नभएका कारण विद्यालयको अवस्था नाजुक रहेको शिक्षकहरुको भनाइ रहेको छ । सो बिषयमा पुर्व वडा अध्यक्ष साहसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।
सोही विद्यालय भन्दा एक सय मिटर पर रहेको प्राबि हर्साहको दुई कोठे भवनमा डेक्स र ब्रेन्च नरहेका कारण विद्यार्थीले घरबाट बोकेर ल्याएको बोरा बिच्छाएर पढने गरेका छन । २०७९ पुस १९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।