चन्द्रपुर,२२ पुस ।
चन्द्रनिगाहपुरमा रहेको सरकारी अस्पतालबाट थानका थान कण्डम गायव हुने गरेको छ । चन्द्रनिगाहपुर सरकारी अस्पतालमा रहेको कण्डम बाक्सा दिनकै खाली हुन थालेपछि कर्मचारीले बाक्सामा कण्डमनै राख्न छाडेका हुन ।
आम सर्वसाधारणले कण्डमको बाक्सा खाली गरेका कारण भने बाक्सामा कण्डम राख्न छाडिएको हैन । चन्द्रनिगाहपुरमा रहेका होटल संचालहरुले सरकारी अस्पतालमा रहेको कण्डम बाक्सा खाली गर्न थालेपछि कर्मचारीले फार्मेसी बाट चाहिनेलाई कण्डम वितरण गर्न थालिएको अस्पतालका एक कर्मचारीले तराई एक्सप्रेसलाई बताए । यश घटनाले पनि चन्द्रनिगाहपुरमा रहेका होटलहरुमा यौन व्यावसाय हुने गरेको प्रमाणीत गरेको छ । चाहिने जति लैजानुहोस भनेर राखेको कण्डमको बाक्सामा यति बेला माकुराले जालो लगाएको छ । २०७९ पुस २२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।