चिसो अत्यधिक बढेपछि रौतहटको मध्य भाग कटहरिया र गरुडा नगरपालिकाका विद्यालय बन्द गरिएको छ । चिसोका कारण पठनपाठन प्रभावित हुने भएपछि विद्यालय बन्द गरिएको छ ।
बढ्दो जाडो तथा शितलहरले गर्दा जनजीवन कष्टपूर्ण भएपछि जाडो विदा दिइएको छ । आज गरुडा नगरपालिकाका नि.प्रमुख प्रशासकिय रामबाबु राय यादवले एक सूचना जारी गरि पुस २४ गते रोज आइतबार देखि पुस २६ गते मंगलबार सम्मको लागि वर्षे विदा बाट कट्टा हुने गरि नगरपालिका अन्तर्गत संचालित सामुदायिक बिधालय तथा संस्थागत बिधालयहरू बन्द गरिएको जानकारी गराईएको हो । त्यस्तै कटहरिया नपाका नि. प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश राय यादव द्धारा हस्ताक्षरित सूचनामा पुस २४ गते पुस २९ गते शुक्रवार सम्म विदा रह्ने उल्लेख छ ।
यस्तै,अत्यधिक चिसो बढेपछि रौतहटका अन्य पालिकाहरुले यस अघिनै बिधालयहरू बन्द गरि सकेका छन् । जिल्लाको गढिमाइ नगरपालिका,परोहा नगरपालिका,फतुवा बिजयपुर नगरपालिका,राजदेवी नगरपालिका,माधवनारायण नगरपालिका र यमुनामाइ गाउँपालिकाले पनि सूचना जारी बिधालयमा विदा रहने व्यहोरा जानकारी गराइसकेको छ । चिसोले अत्यधिक असर बालबालिकाहरु गर्ने भएकाले बालबालिकाहरु लाइ चिसो बाट जोगाउन बिधालयहरु बन्द गरिएका हुन् ।
चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि पालिकाहरू बिदा दिने घोषणा गरेका हुन् । गत सोमबारदेखि बढेको अत्यधिक चिसोलाई मध्यनजर गर्दै अन्य पालिकाहरूले पनि बिदाको तयारी गरेका छन् भने केही बिदा थप गर्ने योजनामा छन् ।