गरुडा,१२ माघ । गएको संघ तथा प्रदेशको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन चलखेल गरेको आरोप लागेका रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणी जयसवाल नेकपा एमाले अध्यक्ष कपी शमौ ओली संग देखा परेका छन् । बुधबार मेयर जयसवाल नेकपा (एमाले) केन्द्रिय पार्टी स्कुल बिभागको विशेष अनुशिक्षण कार्यक्रममा देखा परेका हुन । तत्कालिन समयमा प्रभु साहको नजिक भएको भन्दै नेकपा एमाले मधेश प्रदेश कमिटिले जयसवाल लगाएका अन्य मेयरलाई कार्वाहीको सिफरिस गरेको थियो ।
नेकपा एमाले मधेश प्रदेश समितिले कार्वाहीको सिफारिस गरेका जयसवाल एकाएक नेकपा एमालेले आयोजना गरेको पार्टी स्कुल बिभागको विशेष अनुशिक्षण कार्यक्रममा गएर अध्यक्ष ओलीसंगको तस्बिर फेसबुकमा हालेपछि रौतहट लगायत मधेश एमालेमा खैलाबैला मच्यिको छ ।
प्रभु साहको स्वतन्त्र समुहबाट आफ्ना छोरालाई प्रदेशसभा सदस्यमा खडा गरेका जयसवाल पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग नजिक भएको फोटो सामाजिक संजालमा आएपछि एमालेबृतमा हल्लाखल्ला भएको छ ।
नेकपा एमालेकै टिकटमा गरुडा नगरपालिकाको मेयर बनेका जयसवालले आफु अन्य कुनै पार्टीमा नगएर नेकपा एमालेमै रहेको बताएका छन् ।
मेयर जयसवालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग बुधबार फोटो आफ्नो फेसबुक वालमा हालेपछि फेरी प्रभु साह समुह झस्किएको जानकारहरुको भनाइ रहेको छ ।
तत्कालिन समयमा नेकपा एमालेको टिकटबाट मेयर बनेकाहरु प्रभु साहले एमाले छाडेपछि चुपचाप रहेकाहरु समेत बिस्तारै फेरी एमालेमा खुल्दै आउन थालेका छन् । रौतहटको मौलापुर नगरपालिकाकी मेयर तथा प्रभु साहकी श्रीमती बाहेक एमालेको टिकट बाट रौतहटको बिभिन्न पार्टीको प्रमुख बनेकाहरु एमालेमै फर्कने तयारीमा रहेको जानकारहरुको भनाइ रहेको छ । २०७९ माघ १२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।