चन्द्रपुर,१६ माघ ।
चन्द्रपुर नगरपालिकाको आ व २०७९।०८० को अर्धवार्षिक आर्थिक तथा भौतिक प्रगतिको समिक्षा माघ १५ गते सम्पन्न भएकव छ । चन्द्रपुर नगरपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यहरु र कर्मचारीहरुको बिच २०७९।०८० को पौष मसान्तसम्मको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ ।
नगरपालिकाको आन्तरिक श्रोत तर्फ रु १९ करोड वार्षिक आम्दानी हुने अनुमान गरिएकोमा २०७९ पौष मसान्तसम्म रु १९ करोड ४६ लाख आन्तरिक आम्दानी भइ कुल अनुमानको १०२.४२ प्रतिशत प्रगति भएको छ । त्यसै गरि खर्च तर्फ चालु खर्च रु १५ करोड ६९ लाख, पुजिगत खर्च १ अर्ब १६ करोड गरि जम्मा रु १ अर्ब ३२ करोड बजेट प्रस्तावित भएकोमा चालु तर्फ रु ५ करोड ८० लाख र पुजिगत तर्फ ५८ करोड २४ लाख खर्च भइ कुल चालु खर्च ३६.९७ प्रतिशत र पुजिगत तर्फ ४९.८६ प्रतिशत खर्च भइ कुल बजेटको ४८.३४ प्रतिशत वितिय प्रगति भएको छ ।
चालु आ व को अर्धवार्षिक पौष मसान्तसम्म कुल बजेटको ४९.८६ प्रतिशत खर्च हुनु र कुल बजेटको ४८.३४ प्रतिशत वितिय प्रगति हुनु अत्यन्त संतोषजनक भएको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि लाल पुरीले बनाउतु भयो ।
त्यसैगरी भौतिक प्रगति तर्फ कुल योजना संख्या ११५ ओटा भएकोमा ६२ वटा योजनाको सर्भे, डिजाइन र स्टिमेट भइ सम्झौता भएको हुदा कुल योजनाको ५३.९ प्रतिशत भौतिक प्रगति भएको समेत योजना महाशाखा प्रमुख इन्जिनियर महेश बोहराले बनाउनु भयो ।
चालु आ व को अर्धवार्षिक पौष मसान्तसम्मको वितिय र भौतिक प्रगति हेर्दा चन्द्रपुर नगरपालिलकाको प्रगति संतोषजनक रहेको समेत अनुमान गर्न सकिन्छ ।