रौतहट,४ फागुन । चन्द्रनिगाहपुर र यमुनामाइ गाउपालिकामा रहेको कुमारी बैकका शाखा प्रबन्धकले ऋणीहरुलाइ धम्की दिन थालेको गुनासो छ ।
नियमित किस्ता तिर्दा समेत शाखा प्रबन्धकले ऋणीलाइ धम्की दिने गरेको स्थानियले गुनासो गरेका छन ।
कुमारी बैंक चन्द्रनिगाहपुर शाखामा नया प्रधन्धकका रुपमा आएका केशर कुमार साहले घर मै गएर धम्काउने गरेको ऋणीहरुको गुनासो छ ।
२÷४ दिन किस्ता ढिलो हुदैमा घर मै गएर शाखा प्रबन्धक साहले तुच्छ ब्यबहार गरेको चन्द्रपुर— २ जुडिबेलाका ग्राहक टेकनाथ खरेलले गुनासो गरे ।
बढदै गरेको आर्थिक संकटको अबस्थामा जसो तसो ऋण तिरिरहेको भएता पनि प्रबन्धक साहले घरमा गएर धितो लिलाम गरिदिन्छु भन्दै धम्काएको खरेलले गुनासो गरेका छन ।
यस्तै कुमारी बैक यमुनामाइ शाखाका प्रबन्धक गोपाल भोलनले पनि ग्रहाकलाइ धम्काएको गुनासो आएको छ ।
शाखा प्रबन्धक भोलनले चन्द्रपुर ४ का ग्राहक राज हुमागाईलाइ धम्काएका हुन । भोलनले आउदा दिनमा ऋण नै नबिकरण नगर्ने धम्की दिएको हुमागाईले बताए ।
करोडौको धितो राखेर पनि किस्ता तिदै आउदा बैकका कर्मचारीले मानसिक तनाब दिएको उनको गुनासो छ ।
कुनै पनि बैकले यो अबस्थामा धम्की दिनु गैर जिम्मेबारपन भएको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताएका छन ।
कुनै पनि बहानामा ब्यपारीलाई बैकका कर्मचारीले तनाबपुर्ण धम्की दिएका छन भने भोली त्यसबाट हुने घटनाको सम्पुर्ण जिम्मेबार सोही बैक हुने समेत अध्यक्ष सापकोटाले बताए । बैक कर्मचारीको धम्की खेदजनक रहेको अध्यक्ष सापकोटाको भनाइ रहेको छ ।
यता चन्द्रपुर नगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष खडग बम्जनले नेपाल राष्ट्र बैकको निति र निर्देशन बिपरित कुमारी बैकले आफना ऋणीहरुलाइ धम्काएको बताए ।
ऋण कसैले पनि रहरले लिएको हुदैन र तिर्ने इच्छा सबैलाइ हुन्छ ,बाध्यताले केही दिन ढिला हुदैमा बैकका कर्मचारीले धम्काउछन नहुने बम्जनले बताए ।