अशोक पहाडी
रौतहट,१९ चैत ।
रौतहटको एक नगरपालिका प्रमुखको नाममा एसइइ परिक्षा दिई रहेका एकजना पक्राउ परेकाछन् ।
जिल्लाको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानुको नाममा एसइइ परिक्षा दिईरहेका रेडियो नेपाल बर्दिवासका कर्मचारी लाई प्रहरीले पक्राउ गरेको हुन । नक्कली व्यक्ति राखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को जाँच दिईरहेको अवस्थामा जिल्ला परिक्षा अनुगमन समितिले आईतवार साहका नतामा ज्वाई पर्ने कमल साह पक्राउ परेका हुन । नगरप्रमुख प्रेमलाल साह कानुले आफ्नो सट्टामा नक्कली व्यक्ति राखेर एसइइ परिक्षा दिदै गराएको अवस्थामा मौलापुर नगरपालिकाको लक्ष्मिनिया मावी परिक्षा केन्द्रबाट उनका ज्वाई पर्ने रेडियो नेपाल बर्दिवासका ईन्जिनियर कमल साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बिर बहादुर बुढामगरले बताए । नगरप्रमुख साहको कानुको सट्टामा एसइए परिक्षा दिदै गरेका गरुडा ६ पोठियाहीका कमल साहलाइ पक्राउ गरिएको हो । पक्राउ परेका साहले आफु रेडियो नेपाल बर्दिवासको ईन्जिनियर भएको बताएको र नगरप्रमुख साहको ज्वाई हुन या हैनन भन्ने बिषयमा केही नखुलेको एसपी बुढामगरले बताए । मौलापुर नगरपालिकाको लक्ष्मीनिया माविमा संचालन भइरहेको एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परिक्षा दिइरहेका कमल साहलाई परिक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको थियो ।
पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्थानीय बासिन्दा रुपेश पटठेलले बताएकाछन । परिक्षा संचालन भएको अवस्थामा अनुगमन टोलीलाई विद्यार्थी प्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन । पक्राउ परेका नक्कली परिक्षार्थीको विषयमा भेरिफिकेशन भईरहेको तथा त्यस सम्बन्धमा गहन अनुसन्धान जारी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
स्मरणीय छ की, एसईइ परिक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने दायित्व स्थानिय सरकार प्रमुख देखि लिएर विभिन्न निकायको रहेको भएपनि नक्कली परिक्षार्थी खडा गरेर परिक्षा दिन लगाउने स्थानीय सरकार प्रमुख कानु विरुद्ध हदै सम्मको कारवाही हुनुपर्ने स्थानीयको भनाइ रहेको छ । नेकपा एमालेको टिकटबाट नगरप्रमुखमा निर्वाचित भएका साह अहिले भने प्रभु साहको आमजनता पार्टीमा सक्रिय रहेका छन् ।
सो बिषयमा नगरप्रमुख साहको ९८४५१२१८७९ नम्बरको मोवाईलमा पटक पटक सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।