चन्द्रपुर,४ बैशाख । चन्द्रपुर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनज्योती नमुना माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै दुर्गा माध्यमिक विद्यालय दोस्रो र श्रीकृष्ण माध्यमिक विद्यालय तेस्रो भएको छ । आईतबार भएको फाईनल खेलमा सबैभन्दा धेरै पदक हात पार्दै जनज्योती प्रथम भएको हो ।
प्रथम ,द्धितिय तथा तृतिय हुने विद्यालयलाई चन्द्रपुर नगरपालिकाका शिक्ष तथा खेलकुद शाखा प्रमुख उप सचिव कृष्ण प्रसाद सिग्देलले पुरस्कार तथा प्रामाणपत्र वितरण गरेका थिए ।








