चन्द्रपुर,५ बैशाख ।
चन्द्रपुर नगरपालिकाको १ नम्बर वडामा पर्ने बागमतीमा सवदाह स्थालको अभाव भएको गुनासो आईरहेको बेलामा अव भने बन्ने भएको छ । सोमबार सो स्थानमा सवदाह स्थालको शिलन्यास भएको छ ।
रौतहट क्षेत्रनं ४ का संघिय संसद देव प्रसाद तिमलसिना र चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेले सवदाह स्थालको संयुक्त रुपमा शिलन्यास गरेका हुन ।
सव दाह स्थालको अभावमा बिगत लामो समयदेखी समस्या हुदै आएको थियो । शिलन्यास पछि अव भने सवदाह स्थाल बन्ने पक्का भएको स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेले बताए । चन्द्रपुर नगरपालिका १ मा नदिमा ड्याम निर्माण र नदि किनारमा शव दाह स्थल निर्माण हुने भएपछि स्थानीय हर्षित भएका छन् । नगरपालिकाको लागतमा बागमती नदिमा ड्याम सहित बाटो र शवदाह स्थल निर्माण हुन लागेको चन्द्रपुर नगरपालिका प्रमुख संजय कुमार काफ्लेले जानकारी दिएकाछन् । शवदाह स्थाल नभएका कारण बिषेश गरेर बर्षाको समयमा लाश जलाउनका लागि समस्या हुदै आएको थियो ।
रौतहट जिल्ला र अधिकांस चन्द्रपुर नगरपालिकाको शव बागमती जलाउने गरिएकोमा बिभिन्न समस्या आएपछि नगरपालिकाले शवदाहा स्थाल बनाउन थालेको नगरप्रमुख काफ्लेको भनाइ रहेको छ ।