गरुडा,२२ बैशाख । रौतहट जिल्लाका बिभिन्न बजारमा पछिल्लो समय अबैध यौन व्यावसाय फस्टाउदै जान थालेको छ ।
जिल्लाको गौर,गरुडा र चन्द्रपुरमा यो व्यावसाय फस्टाउदै जान थालेको हो । प्रहरीले केही महिना यता गौर र गरुडाबाट यौन क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गरेको तथ्याङकलाई हेर्ने हो भनेपनि यो व्यावसाय जिल्लामा फस्टाउदै जान थालेको पाईन्छ ।
अबैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा बुधबार गरुडाको एक होटलबाट ७ जना पक्राउ परेका छन । गरुडामा रहेको अनिता होटेल एण्ड लजबाट प्रहरीले ७ जनालाई पक्राउ गरेका थियो । जिल्ला प्रहरी कार्यालय गौर र ईलाका प्रहरी कार्यालय गरुडामा प्राप्त भएको गोप्य सुचनाको आधारमा प्रहरीले बुधबार अनिता होटल एण्ड लजमा प्रहरीले छापा मारेका थियो ।
प्रहरीले छापा मारेर २ जना महिला,५ जना पुरुषलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।
गत चैत २६ गते गौर नगरपालिका १ स्थित गुदरी बजार जाने गल्लीको बाटोमा साहिवा ब्यूटी पार्लरको आडमा अबैध यौंन धन्धामा संलग्न एक महिला एक पुरुष र व्यूटीपार्लरका संचालिकालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो । जिल्लाको चन्द्रपुरका केकी होटलमा सिमित रहेको यो धन्दा पछिल्लो समय गौर र गरुडामा समेत फस्टाउदै जान थालेको छ । भारतको बिहार राज्यमा मदिरा बन्द भएपछि रौतहटका बजारमा मदिरा सेवन गर्न भारतीयहरु आँउने र उनीहरुलाई लक्षित गरेर होटल संचालकले यौर धन्दा समेत चलाउने गरेका छन् । भारतीय ग्राहकलाई मध्य नजर राख्दै गौर र गरुडामा रहेका नाम चलेका ठुला होटलले यो धन्दा गर्दै आएकाछन् । प्रहरीका घुमुवासंग सेटिङ नमिलेका होटलमा मात्र प्रहरीले छापामारी गर्ने गरेको र सेटिङ भएका होटललाई निर्वाध रुपमा यौन धन्दा चलाउन दिने गरेको केही होटल संचालकहरुको आरोप रहेको छ ।








