माछाको परिकार स्वादिष्ट, छिटो पाक्ने, सजिलो तरीकाबाट पकाउन मिल्ने र छिटो पच्नेमा पर्छ । माछामा पौष्टिक तत्व पनि यथेष्ठ मात्रामा पाइन्छ । माछा विशेषगरी ओमेगा(३ फ्याटी एसिडको राम्रो स्रोत हो । यसले शारीरिक, मानसिक र मुटुको स्वास्थ्यका लागि फाइदा पुर्याउँछ ।
माछा लो फ्याट, अधिक प्रोटिन र केही पोषक तत्वले भरपुर हुन्छ । साथै यसमा भिटामिन, मिनरल्स र अन्य पोषक तत्व पनि पाइन्छ ।