रौतहट,१४असार । मृतक परिवारले न्याय नपाएको भन्दै रौतहटको चन्द्रपुरका स्थानीय बासिन्दाले बिरोध प्रर्दशन गरेका छन् ।
चन्द्रपुर–४ स्थित चन्द्रनिगाहपुरमा गत ७ महिना अघि भएको सवारी दुर्घटनामा १० वर्षीय बालक सम्राट तिमलसिनाको ज्यान गएको थियो ।
मृतक बालकलाई तिमलसिनाका छिमेकी रमेश घिमिरेले चलाएको मोटर साईकलले घर नजिकैको सडकमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । गत मंसिर तीन गते भएको दुर्घटनामा मृतक बालकले ज्यान गुमाएका थिए । मृतक परिवार,छरछिमेक तथा मावली र आफन्तले विहिबार न्याय दिनुपर्ने निकायले मुद्धामा विपक्षीलाई उन्मुक्ति दिएकाले न्याय हनन् भएको जनाउँदै विहिबार दिउसो कप्तानटोल देखि ईलाका प्रसासन कार्यालय हुँदै चन्द्रनिगाहपुरमा बृहद ¥यालीसहित विरोध प्रदर्शन गरेका हुन ।
जिल्ला अदालत रौतहटमा सन्तोष तिमलसिनाले गत मंसिर २९ गते रमेश घिमिरेलाई प्रतिवादी बनाई सवारी ज्यान मुद्दा दर्ता गरेका थिए । सो मुद्धामाथि जिल्ला अदालत,रौतहट गौरले गएको जेष्ठ ३० गते फैसला गरेको हो । जिल्ला न्यायाधिश गेहेन्द्रराज पन्तको ईजलासले आंशिक अभियोग दाबी पुग्ने भन्दै फैसला सुनाएको हो । प्रतिवादी घिमिरे ६ महिना जेल सजाय तथा दुई हजार रुँपैया बुझाएर थुना मुक्त भएका थिए ।