बृन्दावन, १५ असार । रौतहटको वृन्दावन नगरपालिका वडा नं–६ कलमपट्टीमा सडक ढलान शिलान्यास भएको छ । वृन्दावन नगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद कुर्मीद्धारा १० लाखको लागतमा सडक ढलान हुन लागेको हो ।
शुक्रबार नगरप्रमुख कुर्मीले सो सडक ढलानको गरेका हुन् । सडक ढलान शिलान्यास कार्यक्रममा विभिन्न भद्रभलादमीको सहभागीता रहेको थियो ।