न्यूयोर्क । अमेरिकामा रहेका नेपालीहरूले नेपालमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई सार्वजनिक रुपमा बहिस्कार गर्ने निर्णय गरेका छन् ।

प्रवासी नेपाली एकता मञ्च नेपालले न्यूयोर्कमा पत्रकार सम्मेलन गरी नेपालमा पछिल्लो समय बाहिरिएको नक्कली भुटानी शरणार्थी काण्डले उच्च तहको संगठित अपराधको पर्दाफास भएको भन्दै अब नागरिक तहबाट भ्रष्टाचारीहरुलाई बहिस्कार गर्नु पर्ने बताएको हो ।