वीरगञ्ज,१५ असार । वर्षौ देखी तराईका जिल्लाहरुमा खुट्टा गाडेर बसेका सादा पोषाकका घुमुवा प्रहरीहरुलाई प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेर डाडा कटाएको छ तर केही आफनालाई भने जोगाएर राखिएको खबर प्राप्त भएको छ । प्रहरी प्रधान कार्यालयले केही नया तथा पुराना गरी २९ जना घुमुवा प्रहरीहरुलाई तराई बाट पहाडी जिल्लाहरुमा काज सरुवा खटाएको छ । तर एक दशक देखी जिल्ला प्रहरी कार्यालय पर्साको घुमुवा बसेका प्रहरी हवलदार लालबाबु साहलाई भने यथावत राखिएको छ, उनलाई आईजी बसन्त कुँवरले समेत हल्लाउन नसकेको प्रहरी भित्रै चर्चाको विषय बनेको छ । प्रहरी प्रधान कार्यालयले पर्सा प्रहरीको क्राईम शाखाबाट एकैपटक आधा दर्जन जति घुमुवा प्रहरीहरुलाई अन्त काज खटाएपछि लालबाबुलाई भने दशै लागेको छ, पुराना घुमुवा प्रहरीमा उनी मात्र रहेका छन र अहिले उनलाई असुलीको विशेष जिम्मेवारी दिइएको छ । केही महिना अगाडी मात्र व्यापारी संग साठगाठ गरेर भन्सार छलीका समान ओसार पसार गर्ने समुहलाई फाईदा पुरयाउने किशिमले सघाएको भन्दै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा उजुरी परेपछि प्रदेश प्रहरी कार्यालयले कार्यवाही गर्ने डरले उनलाई क्राईमबाट हटाएर बाहिर फिल्डमा राखिएको थियो । प्रहरी प्रधान कार्यालय तथा मधेश प्रदेश प्रहरी कार्यालयमा उनको नाममा पटक—पटक गरी सयौ उजुरी परेका छन तर उनलाई कार्यवाही गर्नुको साटो पुन क्राईमको जिम्मेवारी दिएर संरक्षण गरेर राखिएको छ । उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई केही दिनको लागी कार्यवाही गरेझै देखाएर क्राईम बाट हटाएर सिसीटिभी शाखामा राख्ने गरिन्छ र माहोल शान्त भएपछि उनलाई पुन क्राईमको जिम्मेवारी दिएर राख्ने गरिएको छ । पुराना भएकोले पर्सा प्रहरीको क्राईम शाखामा विश्वासपात्रको रुपमा रहेका लालबाबुको साठगाठ सुन तस्कर,हुण्डी कारोबारी,गाँजा तस्कर,भन्सार चोरी पैठारी गर्ने ठुलाबडा तस्कर समुह संग रामै्र सम्बन्ध बनाएर लाखौ असुली गरिरहेको प्रहरी स्रोतले जनाएको छ । वीरगञ्जमा दैनिक रुपमा मात्र हुण्डीको १० औं करोड भन्दा बढीको रकम आउने गरेको छ, वीरगञ्जको मुख्य भन्सार नाका भएर मोटरसाईकलको माध्यमले ओसार पसार गर्ने अधिकांश हुण्डीको कारोबार गर्ने समुह संग लालबाबुले महिनाको लाखौ रकम उठाउने गरेको सम्बद्ध स्रोतले जनाएको छ । घुमुवा प्रहरी हवलदार लालबाबुको बारम्बार उजुरी परेपनि उनलाई कार्यवाही गर्नुको साटो उनलाई आखिरकार कुन स्वार्थले पर्सा प्रहरीले संरक्षण गरेर राखेको छ बुझिनसक्नु भएको छ । घुमुवा प्रहरीमा वर्षौ देखी पर्सामै अडडा जमाएर बसेका लालबाबु साह माथी कुनै नियम कानुन लाग्दैन आईजी साब !