१७ असार, काठमाडौं । नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै समाजवादी विद्यार्थी युनियनले चरणबद्ध संघर्षको कार्यक्रम सुरु गरेको छ ।
शनिबार युनियन आबद्ध विद्यार्थीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । शरीरमा ‘सबै विद्यार्थीको एउटै प्रश्न, पञ्चायी शिक्षा ऐन कहिलेसम्म रु’ नारा लेखाउँदै नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले अर्धनग्न प्रदर्शन गरे ।








