मानिसको मस्तिष्क लगातार साँघुरिंदै अर्थात् खुम्चिँदै गएको छ । मस्तिष्कको आकार घटिरहेको छ । यसको कारक तत्वचाहिं जलवायु परिवर्तन हो ।
जलवायु परिवर्तनको दर बढ्दै जाँदा मानिसको मस्तिष्कको आकार झनै घट्दै जाने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् ।
पछिल्लो ५० हजार वर्षमा जलवायुमा आएको परिवर्तनसँगै बदलिएको मानिसको शरीरसम्बन्धी रेकर्ड वैज्ञानिकहरुसँग छ ।
क्यालिफोर्नियास्थित नेचरल हिस्ट्री म्युजियमका वैज्ञानिक जेफ मोर्गन स्टिबलले बदलिंदो जलवायु परिवर्तनबाट सिर्जित तनावलाई मानिसले कसरी खपिरहेको छ र जलवायु परिवर्तनसँग मानिसको मस्तिष्क कसरी अनुकूलित भएको छ भन्ने कुराको अध्ययन गरे । उक्त शोधको रिपोर्ट ब्रेन, बिहेवियर एण्ड इभोल्यूसन जर्नलमा प्रकाशित भएको छ ।








