१९ असार, काठमाडौं । समयमै पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको छ । कृषि विभागकाअनुसार यस वर्ष आधा असार सकिंदा धान रोपाइँ गत वर्षको तुलनामा आधाभन्दा बढीले घटेको छ ।

यो वर्ष सरकारले १४ लाख ९५ हजार ८८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । तर, १७ असारसम्म देशभर कुल ३ लाख २९ हजार ४३६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन २२।०२ प्रतिशत मात्रै हो । गतवर्ष यस अवधिमा ४० प्रतिशत भन्दा धेरै क्षेत्रफलमा रोपाइ भइसकेको थियो ।