काठमाडौँ — बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ माग गर्दा बैंक तथा वित्तीय संस्थाहरुले २८ अर्ब ८० करोडको आवेदन दिएका छन् । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत मंगलबार २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको हो ।

बोलकबोलमार्फत सोको भारित औसत ब्याजदर ५।०५९१ प्रतिशत कायम भएको छ । अर्थात् अधिकतम ५।३७ देखि न्यूनतम ४।४९ प्रतिशत ब्याजदर कायम भएको छ । ११ वटा बैंक तथा वित्तीय संस्थाले बोलकबोल गरेका थिए । राष्ट्र बैंकले असार २९ गतेसम्मका लागि ९१० दिने अवधिको० बोलकबोलमार्फत २० अर्ब खिचेको छ ।