सरकार ढल्ने कुनै सम्भावना छैन । दायाँबायाँ हुँदैन । यस सरकारलाई जनताको पूर्ण साथ छ । सरकारले राम्रो काम गरिरहेको छ ।ु
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले अहिले सरकार दायाँबायाँ हुने अवस्थामा नरहेको बताएकी हुन् ।
तस्बिर संवाद डबली
पछिल्लो समय प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर राजीनामा मागिरहेका बेला मन्त्री शर्माको यस्तो भनाइ आएको हो । व्यवसायी प्रितम सिंहबारे दिएको अभिव्यक्तिमा दाहालले नै स्पष्ट पारिसकेको पनि उनले बताइन् ।







