रौतहट । रौतहटको सदरमुकाम गौरसँगै जोडिएको राजदेवी नगरपालिकामा एकैपटक १० घरमा चोरी भएको छ । शुक्रबार राती १० घरको भित्ता फोरेर लाखौं रुपैयाँ बराबरको चोरी भएको हो । राजदेवी ७ मुडवालबा गाउँमा धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

स्थानीय मुकेश प्रसाद यादव, रामनरेश यादव, रामनाथ यादव, रामपति यादव, लालबाबु यादव, पवन यादव, नन्दकिशोर यादव, सन्तोष यादव, रामगुलाम यादव र एजन राय यादवको घरबाट फोरेर धनमाल चोरी भएको हो । रामपति यादवको घरबाट नगद ८६ हजार, एक थान सुनको कानको बाली, चाँदीको पाएल, मोबाइल १ थान, हेल्मेट १ रलताकपडा लगायतका सामान चोरी भएको छ ।