२९ असार दाङ । लुम्बिनी प्रदेशसभाको शनिबारको बैठकमा दुई विधेयक पेश भएका छन् ।
सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सैद्धान्तिक छलफलका लागि प्रदेशसभामा पेश गरेको हो ।








