३१ असार, काठमाडौं । नेपाल प्रहरीकी सहायक हवल्दार ३५ वर्षीया प्रतीक्षा खड्काका श्रीमान् राज खड्काको ५ असारमा जन्मदिन थियो । जन्मदिन मनाउन काठमाडौंको भंगालस्थित बुबाको घर जाने सल्लाह थियो । त्यही अनुुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत उनी अपराह्न ४ बजे नै छुट्टि लिएर घर फर्किएकी थिइन् ।








